पिएम कप: एपिएफको विजयी सुरुवात
पाेखरा | जेठ ८, २०८२
पोखरा: पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।
एपिएफ क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले पहिलो सेट र दोस्रो सेट क्रमशः २५–१० र तेस्रो सेट २५–१५ ले पराजित ग¥यो ।
अहिले महिलातर्फ नै त्रिभुवन आर्मी क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । यो समाचार तयार पार्दासम्म दुवै टिमले १÷१ सेट आफ्नो पक्षमा पारेका छन् ।
आज नै पुरुषतर्फ चार खेल हुनेछ । महिला तथा पुरुष दुवैतर्फका विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टिमले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

